Like us!
Follow us!

नेपाल बैंकको नाफामा गिरावट किन ? (विवरणसहित)

नेपाल बैंकको नाफामा गिरावट किन ? (विवरणसहित)

लगानी खबर, काठमाडौँ - नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंककाे नाफामा गिरावट देखिएकाे छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ५५ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा ५.४० प्रतिशत अर्थात् ३ करोड १४ लाख रुपैयाँले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले ५८ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।  बैंकले स्थगित कर तिर्दा बैंकको नाफा घट्न पुगेकाे हो । बैंकले पहिलो त्रैमाससम्म २० करोड १६ लाख वर्तमान कर र २ करोड ९३ लाख स्थगित गर तिरेको विवरणमा उल्लेख छ ।

पहिलो त्रैमासमा बैंकले १ अर्ब ४८ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ११.५४ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले १ अर्ब ३२ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

त्यसैगरी, पहिलो त्रैमासमा बैंकले ७७ करोड ८९ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेकाे छ । उक्त मुनाफा रकम गत वर्षकाे यसै अवधिकाे तुलनामा २७.६० प्रतिशतले धेरै हाे । 

त्यस्तै, बैंककाे चुक्ता पूँजी ११ अर्ब २८ करोड रुपैयाँ, जगेडा कोषमा १९ अर्ब ५७ करोड रुपैयाँ, प्रतिशेयर आम्दानी १९ रुपैयाँ ५१ पैसा र प्रतिशेयर नेटवर्थ २७२ रुपैयाँ ४९ पैसा रहेकाे छ । 

बैंक​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

5f9d2c6484fc6.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।