Like us!
Follow us!

सानिमा जनरल इन्स्योरेन्सको आइपिओ शेयरधनीको डिम्याट खातामा आउन थाल्याे, कति पाउला ओपनिङ्ग रेञ्ज ?

सानिमा जनरल इन्स्योरेन्सको आइपिओ शेयरधनीको डिम्याट खातामा आउन थाल्याे, कति पाउला ओपनिङ्ग रेञ्ज ?

लगानी खबर, काठमाडौं – सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले असोज २१ गते, बुधबारदेखि असाेज २५ गते आइतबारसम्म निष्कासन गरेको साधारण शेयर (आइपिओ) शेयरधनीहरुको हितग्राही खातामा जम्मा हुन सुरू भएको छ । उक्त आइपिओ हिजाे (कार्तिक १४ गते, शुक्रबार) देखि लगानीकर्ताको खातामा आउन थालेको हो । 

हाल कम्पनीकाे उक्त आइपिओ नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ । नेप्सेमा सुचिकृत भएपछि लगानीकर्ताले उक्त शेयर कारोबार गर्न सक्नेछन्  । कम्पनीले एसजीआई (SGI) सिम्बाेल पाएकाे छ ।

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति शेयर न्युनतम १०३ रुपैयाँ ७३ पैसादेखि अधिकतम ३११ रुपैयाँ १९ पैसा ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।

सानिमा जनरल इन्स्योरेन्स कम्पनीकाे आर्थिक वर्ष २०७५/७६ को  प्रतिशेयर नेटवर्थ १०३ रूपैयाँ ७३ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा ३११ रुपैयाँ १९ पैसा हुन्छ । कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ को अपरिष्कृत वित्तीय विवरण भएको हुनाले आर्थिक वर्ष २०७५/७६ को नेटवर्थबाट ओपनिङ रेञ्ज ताेकिनेछ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियाे । गाेलाप्रथाद्वारा गरिएकाे बाँडफाँडमा २ लाख ७३ हजार जना आवेदकले १० कित्ता शेयर हात पारेका छन् भने ५ लाख ९० हजार ५ सय ८५ जना आवेदकको हात खाली भएको थियाे । 

 

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।