Like us!
Follow us!

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आमाको घरलाई सहयोग

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आमाको घरलाई सहयोग

लगानी खबर, काठमाडौँ - सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्थापनाको १६ औं वार्षिकोत्सवको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश ३, काठमाडौ, रविभवन स्थित आमाको घरलाई आर्थिक सहयोग गरेको छ ।

उक्त आर्थिक सहयोगले आमाको घरमा आश्रित वृद्धवृद्धा तथा अनाथ बालबालिकाहरूलाई सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले आफ्ना ग्राहकहरूलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ९२ शाखा कार्यालयहरूबाट आफ्नो आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक संस्थाहरूलाई सहयोग गर्दै आईरहेको बैंकले जनाएकाे छ ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।