Like us!
Follow us!

२५ करोड २६ लाख मुद्दती निक्षेपमा लगानी गर्दै नेपाल राष्ट्र बैंक !

२५ करोड २६ लाख मुद्दती निक्षेपमा लगानी गर्दै नेपाल राष्ट्र बैंक !

लगानी खबर, काठमाडौँ -  नेपाल राष्ट्र बैंक लिमिटेडले २५ करोड २६ लाख रुपैयाँ बराबरकाे रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएकाे छ । बैंकले बैंककाे विभिन्न कोषमा रहेको उक्त रकम ३६५ दिनकाे लागि त्रैमासिक रूपमा व्याज भुक्तानी हुने गरी बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको एक सूचना मार्फत जानकारी दिएकाे छ । 

नेपाल राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा २० कराेड २१ लाख, ‘ख’ वर्गको विकास बैंकमा ३ करोड ७८ लाख रुपैयाँ र ‘ग’वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा एक करोड २७ लाख रुपैयाँ लगानी गर्न लागेको हो ।

त्यसैगरी, बैंक तथा वित्तीय संस्थाले कार्तिक १८ गते मंगलबार दिउँसो २ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f9be339e7fbe.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।