Like us!
Follow us!

अब सिद्धार्थ बैंकको क्रेडिट कार्डका लागि अनलाइनबाटै आवेदन दिन सकिने

अब सिद्धार्थ बैंकको क्रेडिट कार्डका लागि अनलाइनबाटै आवेदन दिन सकिने

लगानी खबर, काठमाडौँ - सिद्धार्थ बैंक लिमिटेडले अनलाईन मार्फत क्रेडिट कार्डका लागि आवेदन दिन सकिने व्यवस्था सञ्चालनमा ल्याएको छ । बैंकले डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकहरुलाई सहज तथा सुरक्षित सुविधा उपलब्ध गराउने उद्देश्यले हिजाे (कार्तिक १३ गते, बिहीबार) देखि उक्त व्यवस्था सञ्चालनमा ल्याएको हो ।

याे व्यवस्था सञ्चालनमा ल्याएसँगै क्रेडिट कार्डका लागि बैंकको वेबसाइटमार्फत आवेदन दिन सकिनेछ । आवेदनपछि क्रेडिट कार्ड स्वीकृत गर्नुपूर्व बैंकले आवश्यक ठानेमा ग्राहकलाई सम्पर्क गर्न सक्नेछ । साथै, कार्ड तयार भइसकेपछि ग्राहकहरुले आवश्यक सक्कल कागजातहरु पेश गरी बैंकको शाखाबाट कार्ड संकलन गर्न सक्नेछन् ।

त्यसैगरी, बैंकिङ्ग प्रणाली अझ बढी प्रभावकारी र ग्राहकमैत्री बनाउन यस्तो सुविधा ल्याएको बैंकले जनाएको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।