Like us!
Follow us!

नेशनल माइक्रोफाइनान्सकाे लिलामी शेयरको बोलपत्र आइतबार खोलिँदै !

नेशनल माइक्रोफाइनान्सकाे लिलामी शेयरको बोलपत्र आइतबार खोलिँदै !

लगानी खबर, काठमाडौँ - नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले आश्विन २ गते, शुक्रबारबाट कात्तिक ६ गते, बिहीबारसम्म बिक्री गरेकाे संस्थापक समूहकाे शेयरमा परेका बाेलपत्रहरू कात्तिक १६ गते, आइतबार खाेलिने भएकाे छ ।  संस्थाले १ लाख १० हजार कित्ता शेयर प्रति कित्ता न्यूनतम मूल्य ७ सय २५ रूपैयाँमा बिक्री खुल्ला गरेकाे थियाे ।

उक्त बाेलपत्रहरू बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडाैँकाे फेसबुक पेज मार्फत् बिहान ११ बजे खाेलिनेछ । कोराेना भाइरस काेभिड १९ को संक्रमण हुने जोखिमका कारण आवेदकलाई सहभागी गराइ शिलबन्दी बोलपत्र खोल्न असम्भव देखिएकाले सिमित व्यक्तिकाे माझमा फेसबुक लाइभ मार्फत बोलपत्र खोलिनेछ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f9bcd2d0d1ba.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।