Like us!
Follow us!

माउन्टेन इनर्जीको आइपिओ नपाउनेलाई पैसा फिर्ता !

माउन्टेन इनर्जीको आइपिओ नपाउनेलाई पैसा फिर्ता !

लगानी खबर, काठमाडौँ - माउन्टेन इनर्जी नेपाल लिमिटेडले भाद्र ३१ गते, बुधबारबाट असाेज २९ गते, बिहीबारसम्म आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण शेयर (आइपिओ) बाँडफाँड गरिसकेकाे छ । कम्पनीले बाँडफाँडमा नपरेको शेयर बापतको रकम आज (कार्तिक १४ गते, शुक्रबार) बाट फिर्ता गर्ने भएकाे छ ।

कम्पनीले आवेदकले आवेदन फारममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खातामा रकमान्तर गरिने जानकारी दिएकाे छ । यसैगरी, कम्पनीले आवेदकले उल्लेख गरेको खातामा रकमान्तर नभएमा  वा बैंकको नाम तथा खाता नं फारममा उल्लेख नगरेका आवेदकहरुको हकमा आफुले आवेदन बुझाएको सम्बन्धीत कार्यालयमा सम्पर्क गर्न पनि अनुराेध गरेकाे छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । नुवाकोट र म्याग्दी जिल्लाका अतिप्रभावितलाई ४० प्रतिशत र प्रभावितलाई ६० प्रतिशत छुट्टाइएको छ । म्याग्दी जिल्लाको अति प्रभावित अन्नपूर्ण गापा वडा नं. ४ (साविकको नारच्याङ गाविस) र तादी गाँउपालिका वडा नं २, ३ र ४ (साविकको रालुकादेवि र सुन्दरदेवि गाविस) आयोजनाको अति प्रभावित क्षेत्र हुन भने तादी गाँउपालिका पन्चकन्या गाँउपालिका र लिखु गाँउपालिका प्रभावित क्षेत्र हुन्। त्यस्तै म्याग्दीका अन्नपुर्ण गाँउपालिका वडा नं ४ अतिप्रभावित क्षेत्र हो भने अन्नपुर्ण गाँउ पालिका प्रभावित क्षेत्र हो ।

त्यसैगरी, कम्पनीकाे आइपिओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले गरेकाे थियाे ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f9bbe4b17116.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।