Like us!
Follow us!

यसकारण आज उपत्यकाकाे यी ठाउँमा बत्ती जाँदै !

यसकारण आज उपत्यकाकाे यी ठाउँमा बत्ती जाँदै !

लगानी खबर, काठमाडौँ - आज (शुक्रबार) काठमाडौं उपत्यकाकाे विभिन्न ठाउँमा बत्ती जाने भएको छ ।  

बानेश्वर सबस्टेसनको लुभु फिडर बालकुमारि चोक पुल अगाडि जम्फर खोल्नु परेकाे हुनाले समुन्द्र सेतु स्कूल वरिपरि (भगवानथान), बोगटेश्वर मन्दिर वरिपरि, हनुमन्ते खोला किनार र बग्लागाँउ लगायतका क्षेत्रहरुमा दिउँसो १२ बजेदेखि ३ बजेसम्म बत्ती जाने भएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएकाे हाे ।

त्यसैगरी, काम निर्धारित समय अगावै सकियाे भने ताेकिएकाे समयभन्दा अगाडि नै बत्ती आउनसक्ने समेत प्राधिकरणले जनाएको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।