Like us!
Follow us!

नागरिक लगानी कोषको शेयर भर्ने आज अन्तिम मौका !!

नागरिक लगानी कोषको शेयर भर्ने आज अन्तिम मौका !!

लगानी खबर, काठमाडौँ - प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडकाे स्वामित्वमा रहेको नागरिक लगानी कोषकाे संस्थापक समूहकाे शेयर भर्ने आज (कार्तिक १४ गते, शुक्रबार) अन्तिम दिन रहेकाे छ । 

कम्पनीले कोषको संस्थापक समूहकाे ५० हजार कित्ता शेयरहरू असाेज ३० गते, शुक्रबारबाट बाेलकबाेल प्रकृयामार्फत बिक्री खुल्ला गरेकाे थियाे । उक्त शेयरहरू खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले प्रति कित्ता एक हजार ९ सय ७५ रुपैयाँमा नघट्ने गरि आज  (कार्तिक १४ गते, शुक्रबार) सम्म  शिलबन्दी बाेलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ता र १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । 

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f892a450fab4.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।