Like us!
Follow us!

नेप्से १.७८ अंकले घट्दा शिव श्री हाइड्राेपावरको शेयरमूल्य १०% ले बढ्यो !

नेप्से १.७८ अंकले घट्दा शिव श्री हाइड्राेपावरको शेयरमूल्य १०% ले बढ्यो !

लगानी खबर, काठमाडौँ - साताकाे अन्तिम दिन आज (बिहीबार) शेयर बजारले ओरालाे यात्रा तय गरेकाे छ । शेयर बजारमा सामान्य गिरावट देखिएकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक १.७८ अंकले घटेर एक हजार ६४५.६७ मा पुगेकाे छ । नेप्से ०.११ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ०.२७ अंकले बढेर ३२८.०४ मा पुगेको छ ।

कूल १९२ वटा कम्पनीकाे एक कराेड ३ लाख ६५ हजार ६ सय ७ कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब ३ करोड ७६ लाख ९४ हजार ८ सय ४५ रुपैयाँको कारोबार भएकाे छ । 

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ६ वटा उपसमूहकाे शेयर घटेकाे छ भने बाँकी ६ वटा उपसमूहकाे शेयर बढेकाे छ ।

त्यसैगरी, बिहीबार सबैभन्दा धेरै शिव श्री हाइड्राेपावर कम्पनी लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेकाे छ । 

   हेराैं आजकाे शेयर तालिका :

5f9a8b6b63595.jpg 5f9a8b77ee198.jpg 5f9a8b8069a5e.jpg 5f9a8b8779389.jpg 5f9a8b8f75a22.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।