Like us!
Follow us!

स्पेशल प्रि ओपनिङ्गमा कतिमा भयो शिव श्री हाइड्रोपावरको कारोबार ?

स्पेशल प्रि ओपनिङ्गमा कतिमा भयो शिव श्री हाइड्रोपावरको कारोबार ?

लगानी खबर, काठमाडौं –  धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (कार्तिक १३ गते, बिहीबार) शिव श्री हाइड्राेपावर कम्पनी लिमिटेडकाे पहिलो कारोबार भएको छ ।

स्पेशल प्रि ओपनिङ्ग सेसनमा कम्पनीकाे काराेबार प्रति कित्ता एक सय २० रूपैयाँमा भएकाे छ । कम्पनीकाे एक सय कित्ता शेयर प्रति कित्ता १ सय २० रुपैयाँमा खरिदबिक्री भएकाे हाे ।

नेप्सेमा गत बिहीबार (कार्तिक ६ गते) कम्पनीकाे १ कराेड ४७ लाख ६४ हजार कित्ता शेयर धिताेपत्र सूचिकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएकाे थियाे । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति शेयर एक सय रुपैयाँदेखि ३ सय रुपैयाँसम्मकाे ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेकाे थियाे ।

कम्पनीले २०७६ साल असोज १६ गतेदेखि कात्तिक १५ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण शेयर (आइपिओ) नेप्सेमा सूचिकृत भएकाे हाे ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।