Like us!
Follow us!

सानिमा इक्विटी फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका !!

सानिमा इक्विटी फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका !!

लगानी खबर, काठमाडौँ - सानिमा इक्विटी फण्डकाे नगद लाभांश सुरक्षित गर्ने आज (कार्तिक १३ गते, बिहीबार) अन्तिम दिन रहेकाे छ । 

फण्डले नगद लाभांश वितरण गर्नको लागि भाेलि (कार्तिक १४ गते, शुक्रबार) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।  त्यसैले आज (कार्तिक १३ गते, बिहीबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

याेजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडकाे असाेज १८ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/०७७ का लागि सानिमा इक्विटी फण्डकाे इकाईधनीहरूलाई कर सहित ७ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घाेषणा गरेकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।