Like us!
Follow us!

विश्वकै सबैभन्दा ठूलो आइपिओ ल्याउँदै ज्याक माको कम्पनी !

विश्वकै सबैभन्दा ठूलो आइपिओ ल्याउँदै ज्याक माको कम्पनी !

लगानी खबर, काठमाडौँ - चिनियाँ अर्बपति व्यापारी तथा ई–कमर्श प्लेटफर्म अलीबाबाका संस्थापक ज्याक माको कम्पनीले विश्वकै सबैभन्दा ठूलो आइपिओ ल्याउने भएकाे छ ।

 ज्याक माको फाइनटेक कम्पनी आन्टले ३४ अर्ब ४० करोड डलरको साधारण शेयर (आइपिओ)  निष्कासन गर्ने भएकाे हाे । याे हालसम्मकै ठूलो आइपिओ हाे । आइपिओ निष्कासन गरेपश्चात फाइन टेक कम्पनी आन्टको पूँजी ३१३ अर्ब डलर पुग्नेछ। सांघाई र हङकङको शेयर मार्केटबाट आन्टले उक्त रकम उठाउने लक्ष्य राखेको बताइएकाे छ । कम्पनीले गत सोमबार आइपिओका लागि रकम तोकेको हो ।

त्यसैगरी, यसअघि सरकारी स्वामित्वको साउदी अराम्को कम्पनीले गत डिसेम्बरमा रियाद स्टक एक्सचेञ्जबाट २५.६ अर्ब डलर उठाएको थियो । (एजेन्सीको सहयोगमा)

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।