Like us!
Follow us!

शिव श्री हाइड्रोपावरको आइपिओले कति पायो ओपनिङ्ग रेञ्ज ?

शिव श्री हाइड्रोपावरको आइपिओले कति पायो ओपनिङ्ग रेञ्ज ?

लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा  आज (कार्तिक १२ गते, बुधबार) बाट शिव श्री हाइड्राेपावर कम्पनी लिमिटेडकाे शेयर कारोबार खुल्ला भएकाे छ ।

नेप्सेमा गत बिहीबार कम्पनीकाे १ कराेड ४७ लाख ६४ हजार कित्ता शेयर धिताेपत्र सूचिकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएकाे हाे ।

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति शेयर एक सय रुपैयाँदेखि ३ सय रुपैयाँसम्मकाे ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।

कम्पनीले २०७६ साल असोज १६ गतेदेखि कात्तिक १५ गतेसम्म सर्वसाधारणका लागि ३३ लाख ५१ हजार १ सय ४० कित्ता साधारण शेयर (आइपिओ)  निष्कासन गरेको थियो।

5f990996b03e2.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।