Like us!
Follow us!

७ वटा वाणिज्य बैंकको लाभांश घोषणा, कुनले कति दिँदै ?

७ वटा वाणिज्य बैंकको लाभांश घोषणा, कुनले कति दिँदै ?

लगानी खबर, काठमाडौँ - हालसम्म नेप्सेमा सूचिकृत भएका विभिन्न ७ वटा वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०७६/७७ बाट कम्पनीका शेयरधनीहरूलाई प्रदान गरिने लाभांशकाे घाेषणा गरेका छन् । साधारण सभाबाट पारित भएपश्चात उक्त लाभांश शेयरधनीहरूलाई वितरण गरिनेछ । २७ वटा वाणिज्य बैंकहरूमध्ये दशैँअघि ७ वटा बैंकले लाभांश घाेषणा गरेका छन् भने २० वटा बैंकहरूले लाभांश घाेषणा गर्न बाँकी नै छ ।

कुन कम्पनीले कति दिन्छन् लाभांश ?

. बैंक अफ काठमाण्डू लिमिटेड :

बैंक अफ काठमाण्डू लिमिटेडकाे असाेज १४ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/०७७ काे सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १३ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद (कर सहित) गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

२. ग्लोबल आइएमई बैंक लिमिटेड :

ग्लोबल आइएमई बैंक लिमिटेडकाे कार्तिक ६ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे वितरण योग्य मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीकाे १४ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १६ प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

३. कुमारी बैंक लिमिटेड :

कुमारी बैंक लिमिटेडकाे कार्तिक ५ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीकाे १० प्रतिशत बोनश शेयर र ४ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १४ प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

४. एनआईसी एशिया बैंक लिमिटेड :

एनआईसी एशिया बैंक लिमिटेडकाे कार्तिक ४ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीकाे १९ प्रतिशत बोनश शेयर र १ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल २० प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

५. सानिमा बैंक लिमिटेड :

सानिमा बैंक लिमिटेडकाे असाेज २७ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीकाे १३.६० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेकाे हाे । बैंकले १० प्रतिशत बोनस शेयर र ३.६० प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

६. सिटिजन्स बैंक लिमिटेड :

सिटिजन्स बैंक लिमिटेडकाे कार्तिक ३ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीकाे ७.७० प्रतिशत बोनस शेयर र कर सहित ३.३० प्रतिशत नगद गरी कुल ११ प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

७. माछापुच्छ्रे बैंक लिमिटेड :

माछापुच्छ्रे बैंक लिमिटेडकाे असाेज १ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/०७७ काे खुद मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ७.०३ प्रतिशत बोनस शेयर र ३.३७ प्रतिशत नगद (कर सहित) गरी कुल १०.४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

 

 

 

 

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।