Like us!
Follow us!

तपाईँहरु जहाज चढेर ज्वरो जाँच्न बिदेश जाँदा, त्यहाँका जनताले बाँच्न पाउनु पर्छ कि पर्दैन ?

तपाईँहरु जहाज चढेर ज्वरो जाँच्न बिदेश जाँदा, त्यहाँका जनताले बाँच्न पाउनु पर्छ कि पर्दैन ?

राधा पाेख्रेल, काठमाडौँ

सरकार विनाको नागरिक हुँदैन । नागरिक विनाको राज्य हुँदैन । राज्य सबैको संरक्षक हो । सरकार अभिभावक हो । एउटा नागरिकका लागि बाँच्न पाउनु सबभन्दा ठूलो मानव अधिकार हो ।

मलाई चिच्याई चिच्याई सोध्न मन लागिरहेको छ- के हाम्रो देशमा सरकार छ ? देश र जनताप्रति उत्तरदायी नेता र पार्टीहरू छन् ? यदि छन् भने हामी नागरिकलाई जवाफ चाहियो ।

दलहरूको चुनावी घोषणा-पत्र पढ्दा सपनाको पुलिन्दा जस्तो लाग्थौ पहिला तर अहिले म धेरै राजनीति नै बुझ्दिनँ। ब्यक्तिगत रूपमा म तपाईँहरुले अख़्तियार गरेको यस बिचारसँग सहमत छैन । म कुनै पार्टीको कार्यकर्ता पनि होइन । पार्टीगत रूपमा म आफूलाई स्वतन्त्र राख्न चाहन्छु । यसको अर्थ म विचारबिहीन मान्छे पनि होइन । म अग्रगामी हूँ, लोकतन्त्रवादी हूँ । म परिबर्तनमा बिश्वास राख्छु, प्रतिस्पर्धामा बिश्वास गर्छु । कुनै पनि प्रकारको अधिनायकवाद मेरो लागि स्वीकार्य छैन । र, आजको विश्वमा त्यो संभव पनि हुँदैन ।

हाम्रो संविधानले स्वास्थ्यलाई मानवअधिकारका रूपमा परिभाषित गरेको छ । तपाईँहरु जहाज चढेर ज्वरो जाँच्न बिदेश जाँदा त्यहाँका जनताले बाँच्न पाउनु पर्छ कि पर्दैन ? जनता जिवन मरणको दोषाधमा अल्झिरहेको वेला बेला नेताहरू वातानुकूलित बंगलामा बसेर सत्ताको अंकगणित मिलाउन कोशिस मात्र काम हो ?

मन्त्रीज्यू ! संसार कोरोनाविरुद्ध लडिरहेको यस बखत के तपाईं नागरिकलाई मृत्यु बाँड्न चाहानुहुन्छ ? उपचार खर्च नागरिक आफैंले व्यहोर्नुपर्ने ? दशजना संक्रमित व्यक्ति आफैंले खर्च गर्नुपर्ने भएपछि आफ्नै तरिकाले बाहिरी संसारमा बाँच्छु भन्यो भने के हुन्छ ? कल्पना गर्नुस् त ।

कोरोना महामारीले संसार आतंकित छ । विश्व स्वास्थ्य संगठन चिन्तित छ । भाइरस रोकथामका सम्पूर्ण उपायहरू प्रयोग गर्न सरकारहरूलाई अपील गरेको गरेकै छ । तर, हाम्रो देशको सरकार र स्वास्थ्य मन्त्रालय भगवान भरोसामा दिन बिताइरहेका छन् । गणतान्त्रिक सरकार राजतन्त्रमा राजाले झैँ ‘पशुपतिनाथले हामी सबैको कल्याण गरून’ भन्दै पशुपतिको पुकारा गरिरहेका छन् । नेतागण ! रोगले आफ्नो र पराई छुट्ट्याउँदैन । कोरोनाले छानीछानी नागरिकलाई मात्रै हमला गर्दैन । यस्तै लापरवाही र गैरजिम्मेवार बन्दै जाने हो भने तपाईंहरुको बिराजमान कुर्सीमै तपाईंलाई हमला गर्न आइपुग्नेछ कोरोना ।

मन्त्रालयमा हुने भ्रष्टाचार नगर्ने संकल्प गर्ने हो भने पनि हजारौं व्यक्तिलाई उपचार राख्न सकिन्छ । भ्रष्टाचार गरेको सम्पत्तिले स्वास्थ किन्न सकिन्छ र ?

माहामरीबाट पिडित ति दुखी गरीबहरू यस देशका मतदाता हुन् कि होइनन् ? यदि हुन् भने कम्तिमा हजुरहरू वातानुकूलित बंगलामा राज हुँदा उनीहरूले बाच्न पाउनुपर्छ कि पर्दैन ? कि जनता तपाईँहरूको भोट बैंक मात्रै हो ?”

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।