लगानी खबर, काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घाेषणा गरेकाे छ ।
बैंककाे हिजाे (कार्तिक ६ गते, बिहीबार) बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे वितरण योग्य मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीकाे १४ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १६ प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।