Like us!
Follow us!

सिटिजन्स बैंकको नाफासँगै अधिकांश सूचकमा चमक (विवरणसहित)

सिटिजन्स बैंकको नाफासँगै अधिकांश सूचकमा चमक (विवरणसहित)

लगानी खबर, काठमाडौँ - सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंककाे अधिकांश सूचकहरूमा चमक देखिएकाे छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ५१ करोड ५५ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा ४७.६६ प्रतिशत अर्थात् १६ करोड ६४ लाख २२ हजार रुपैयाँले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले ३४ करोड ९१ लाख ६९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

पहिलो त्रैमासमा बैंकले ८३ करोड ९१ लाख ७२ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा १८.४७ प्रतिशत अर्थात १३ करोड ८ लाख ४७ हजार रूपैयाँले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले ७० करोड ८३ लाख २५ हजार  रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

त्यसैगरी, पहिलो त्रैमासमा बैंकले ७३ करोड ३० लाख ७५ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेकाे छ । उक्त मुनाफा रकम गत वर्षकाे यसै अवधिकाे तुलनामा ४९.८४ प्रतिशत अर्थात २४ करोड ३८ लाख ६२ हजार रूपैयाँले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले ४८ करोड ९२ लाख १३ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेकाे थियाे ।

त्यस्तै, बैंककाे चुक्ता पूँजी ९ अर्ब ८ करोड ९८ लाख रुपैयाँ, जगेडा कोषमा ३ अर्ब ९० करोड ५९ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी २२ रुपैयाँ ६९ पैसा र प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ ४० पैसा रहेकाे छ । 

बैंक​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

5f926448d5b3d.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।