Like us!
Follow us!

सांग्रिला डेभलपमेन्ट बैंकको असन शाखा सञ्चालनमा

सांग्रिला डेभलपमेन्ट बैंकको असन शाखा सञ्चालनमा

लगानी खबर, काठमाडौँ - सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले असनमा आज कार्तिक ६ गतेदेखि असन शाखा सञ्चालनमा ल्याएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरू दिँदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकहरूलाई अझ सरल र सहज तरिकाले बैंकिङ्ग सेवा सुविधाको थालनी गरिएकाे बैंकले जनाएकाे छ ।

बैंकले मुलुकभर ९२ शाखा कार्यालयहरू, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।