लगानी खबर, काठमाडौँ - नियामक निकाय नेपाल धिताेपत्र बाेर्डले केन्द्रीकृत विद्युतीय ग्राहक पहिचान विवरण (केवाईसी) सेवा सम्बन्धी कार्य सञ्चालन निर्देशिका, २०७७ स्वीकृत गरेकाे छ । बाेर्डले याे निर्देशिका स्वीकृत गरेसँगै अब लगानीकर्ताहरूले विद्युतीय माध्यमद्वारा घरैबाट ग्राहक पहिचान पत्र (केवाईसी) भर्न पाउने भएका छन् ।
लगानीकर्ताले घरबाटै केवाईसी प्रतिनिधिकाे अधिकार प्राप्त व्यक्ति वा कर्मचारी मार्फत अथवा केवाईसी दर्ता प्रतिनिधिकाेमा आफैँ व्यक्तिगत पहिचानसहितको केवाईसी विवरण भर्नसक्ने र त्यस्ताै प्रणाली भित्र रहेकाे केवाईसी विवरण धिताेपत्र बजार भित्र सबै निकायले प्रयाेग गर्नसक्ने गरी व्यवस्था गर्न तथा लगानीकर्ताहरुलाई धितोपत्र बजारमार्फत प्राप्त हुने सेवा सुविधा तथा सोसँग सम्बन्धित प्रक्रियामा समसामयिक सुधार गरी थप सहज एवं छरितो बनाउनको लागि यो निर्देशिका जारी गरेको बोर्डले एक विज्ञप्ति मार्फत जानकारी दिएकाे छ ।
त्यसैगरी, बोर्डले यो निर्देशिका कार्यान्वयन गर्नका लागि हिजाे (बुधबार) सीडीएस एण्ड क्लियरिङ लिमिटेडमा पठाएको छ । उक्त निर्देशिकामा तलकाे विज्ञप्तिमा उल्लेख भए अनुसार सातवटा मुख्य व्यवस्थाहरू रहेका छन् ।
बाेर्डले प्रकाशन गरेकाे विज्ञप्ति यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।