लगानी खबर, काठमाडौँ - ओरियन्टल होटल्स लिमिटेडले २३औं वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा मंसिर ४ गते बिहीबार, कम्पनीको रजिष्टर्ड कार्यालय लाजिम्पाट काठमाडौंमा भर्चुअल माध्यमबाट सञ्चालन बिहान ११ बजेदेखि सुरू हुनेछ ।
सभामा सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।
त्यसैगरी, कम्पनीले साधारण सभा प्रयाेजनका लागि कात्तिक २० देखि मंसिर ४ गतेसम्म कम्पनीकाे शेयर दाखिला खारेज बन्द गर्नेछ । तसर्थ कात्तिक १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।