Like us!
Follow us!

मेगा बैंकको शेयर बाँडफाँड : कट अफ प्राइस कति ?

मेगा बैंकको शेयर बाँडफाँड : कट अफ प्राइस कति ?

लगानी खबर, काठमाडौँ -  मेगा बैंक नेपाल लिमिटेडले असाेज ११ गते, आइतबारदेखि असाेज १८ गते, आइतबारसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको शेयरमा परेका बाेलपत्रहरू असाेज २९ गते, बिहीबार खोलि हिजाे (कार्तिक ५ गते, बुधबार) बाँडफाँड गरिएकाे छ ।

बैंककाे लिलामी शेयरमा सर्वसाधारण समुह तर्फ २१६ रुपैयाँ कट अफ कायम भएको छ भने संस्थापक समूहको लिलामी शेयरमा १०८ रुपैयाँ ११ पैसा कट अफ आएको निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडले जनाएकाे छ । बैंककाे शेयरमा सर्वसाधारण समुहमा ५ हजार १५१ जना र संस्थापक समूहमा ११९ जनाले आवेदन दिएका थिए । बैंकले संस्थापक समूहको ११ लाख ३३ हजार ३ सय ४४ दशमलव ७० कित्ता र सर्वसाधारण समूहको ७ लाख ७ हजार ३९४ दशमलव ६३ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियाे ।

त्यसैगरी, बैंकले शेयर बाँडफाँडमा नपरेकाे शेयर बापतकाे रकम आवेदकले आवेदन फारममा उल्लेख गरेको बैंक खातामा रकमान्तर गरिने पनि बैंकले जनाएकाे छ । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f912e7636e9c.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।