Like us!
Follow us!

लाभांश पारित गर्न एनएलजी इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

लाभांश पारित गर्न एनएलजी इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

लगानी खबर, काठमाडौँ - एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले १४औं वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  

कम्पनीकाे हिजाे (कार्तिक ५ गते बुधबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा मंसिर ५ गते, शुक्रबार कम्पनीकाे  रजिष्टर्ड कार्यालय पानीपोखरी, काठमाडौंमा बिहान १० बजेबाट वेबिनार मार्फत सञ्चालन हुनेछ ।

त्यसैगरी, सभामा कम्पनीको श्रावण २३ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७५/०७६ सम्मको सञ्चित मूनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ७ प्रतिशतले हुन आउने ७ करोड १७ लाख २५ हजार ५ सय रूपैयाँ बराबरको बोनस शेयर  र कर प्रयोजनको लागि ०.३७ प्रतिशतले हुन आउने ३७ लाख ७५ हजार रूपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि कात्तिक २५ गते, मंगलबार एक दिनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गर्नेछ । त्यसैले, कार्तिक २४ गते साेमबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f91294a203e2.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।