Like us!
Follow us!

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ काराेबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ काराेबार ?

लगानी खबर, काठमाडौं – नेपाली बजारमा आज (बिहीबार) पनि सुनकाे मूल्यले उकालाे यात्रा तय गरेकाे छ । यता चाँदीकाे मूल्य भने घटेकाे छ । 

बिहीबार सुनकाे मूल्य  ताेलामा २ सय रूपैयाँले बढेर  प्रतितोला ९५ हजार ७ सय रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, बिहीबार तेजावी सुनको मूल्य पनि ताेलाकाे २ सय रूपैयाँले नै बढेर प्रतिताेला ९५ हजार २ सय रुपैयाँ पुगेको छ । 

त्यसैगरी, बिहीबार चाँदीकाे मूल्य भने तोलामा १० रुपैयाँले घटेर प्रतिताेला एक हजार २ सय ३० रूपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।  

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।