लगानी खबर, काठमाडौँ - नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले (एनसीसी) आश्विन २ गते, शुक्रबारबाट बिक्री खुल्ला गरेकाे संस्थापक समूहकाे शेयरमा आवेदन दिने आज (कात्तिक ६ गते, बिहीबार) अन्तिम दिन रहेकाे छ । नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे स्वामित्वमा रहेकाे एनसीसी बैंककाे ५ लाख कित्ता शेयर प्रति कित्ता न्यूनतम मूल्य १ सय १० रूपैयाँमा बिक्री खुल्ला गरिएकाे हाे ।
उक्त शेयरहरू खरिद गर्न इच्छुक संस्थापकहरू वा जाे काेही व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले न्युनतम एक हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । अधिकतम कित्तामा लागि भने कुनै हद ताेकिएकाे छैन ।
त्यसैगरी, आवेदकहरूले बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडाैँमा आइपुग्ने गरि आवेदन पेश गर्नुपर्नेछ ।
बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।