Like us!
Follow us!

सेञ्चुरी क्यापिटलको साधारण सभा आज हुँदै, के-के छन् एजेन्डा ?

सेञ्चुरी क्यापिटलको साधारण सभा आज हुँदै, के-के छन् एजेन्डा ?

लगानी खबर, काठमाडौँ - सेञ्चुरी क्यापिटल लिमिटेडकाे वार्षिक साधारण सभा आज (कार्तिक ६ गते, बिहीबार) हुँदैछ । कम्पनीकाे असाेज १२ गते साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे चौथो वार्षिक साधारण सभा काठमाडौं प्लाजा, कमलादी, काठमाडौंमा दिनकाे १ बजेबाट सुरू हुनेछ ।

त्यसैगरी, सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमाेजिम आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट चुक्ता पूँजीको ४.२० प्रतिशतका दरले नगद लाभांश  (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारीत गरिनेछ । क्यापिटलमा सेञ्चुरी कमर्शियल बैंक लिमिटेडकाे शतप्रतिशत लगानी रहेकाे हुनाले याे लाभांश बैंकले पाउने छ ।

यसका साथै, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f76d133cfb41.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।