Like us!
Follow us!

सामलिङ्ग पावरले आइपिओ निष्कासन गर्न प्रत्याभूतिकर्ता नियुक्त गर्‍यो : १२ करोडको आइपिओ आउँदै

सामलिङ्ग पावरले आइपिओ निष्कासन गर्न प्रत्याभूतिकर्ता नियुक्त गर्‍यो : १२ करोडको आइपिओ आउँदै

लगानी खबर, काठमाडौँ - सामलिङ्ग पावर कम्पनी लिमिटेडले साधारण शेयर (आइपिओ) निष्कासन गर्न प्रत्याभूतिकर्तामा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेकाे छ । उक्त सम्झौतापत्रमा सामलिङ्ग पावर कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भानु पोखरेलले र एनआईबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरेका हुन् ।

कम्पनीले प्रति शेयर एक सय रूपैयाँ अंकित दरको १२ करोड ३० लाख रूपैयाँ बराबरकाे १२ लाख ३० हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गर्न लागेकाे हाे ।

यसैगरी, कम्पनीले यसअघि नै साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) को निष्कासन तथा बिक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेकाे छ । साथै, नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई कम्पनीको शेयर रजिष्ट्रारमा नियुक्त गर्ने सम्झौता समेत गरिएको छ । 

उर्जा डेभलपर्स प्राइभेट लिमिटेडको ग्रुप कम्पनी सामलिङ्ग पावर कम्पनी लिमिटेडद्धारा इलाम जिल्लामा निर्माणाधिन माईबेनी जलविद्युत आयोजना २०२० को अन्त्य सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको छ । यस आयोजनाबाट वार्षिक उत्पादन हुने ५३.२८ गिगावाट उर्जा ईलाम जिल्लाको गोदक स्थित नेपाल विद्युत प्राधिकरणको ३३/१३२ के.भी गोदक सवस्टेसन मार्फत राष्ट्रिय प्रणालीमा जोडिनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।