Like us!
Follow us!

राष्ट्र बैंकले थप्यो वित्तीय विवरण प्रकाशन गर्ने म्याद

राष्ट्र बैंकले थप्यो वित्तीय विवरण प्रकाशन गर्ने म्याद

लगानी खबर, काठमाडौँ - नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई अन्तरिम वित्तीय प्रतिवेदन प्रकाशन गर्ने समय थप गरेको छ । 

बैंकले बुधबार एक सूचना प्रकाशन गर्दै वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको लागि चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्तरिम वित्तीय प्रतिवेदन प्रकाशन गर्नुपर्ने म्याद थप गरिएको जानकारी दिएकाे छ ।

यसअघि बैंक तथा वित्तीय वित्तीय संस्थाले हरेक त्रैमासको महिना व्यतित भएको १५ दिन भित्र अन्तरिम वित्तीय प्रतिवेदन प्रकाशन गरी सक्नुपर्ने व्यवस्था रहेकाेमा अब कार्तिक मसान्तसम्म उक्त विवरण प्रकाशन गर्न सक्नेछन् ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f9008f928827.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।