Like us!
Follow us!

बम्पर लाभांश घोषणाले बढ्यो एनआईसी एशिया बैंकको कारोबार !

बम्पर लाभांश घोषणाले बढ्यो एनआईसी एशिया बैंकको कारोबार !

लगानी खबर, काठमाडौँ -  आज (बुधबार) पनि शेयर बजारले उकालाे यात्रा तय गरेकाे छ । बुधबार शेयर बजार दाहाेराे अंकले बढेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक १३.९४ अंकले बढेर एक हजार ५९७.७१ मा पुगेकाे छ । नेप्से ०.८८ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ३.१० अंकले बढेर ३१६.६५ मा पुगेको छ ।

कूल १९२ वटा कम्पनीकाे ५५ लाख ९ हजार ४ सय ४८ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ६३ करोड ३२ लाख ४६ हजार १ सय ४८ रुपैयाँको कारोबार भएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज ८ वटा उपसमूहको शेयर बढेकाे छ भने बाँकी ४ वटा उपसमूहकाे शेयर घटेकाे छ ।

त्यसैगरी, बुधबार काराेबार रकमकाे आधारमा एनआईसी एशिया बैंक लिमिटेडले अग्रता कायम गर्न सफल भएकाे छ । बैंककाे २४ कराेड २९ लाख ५७ हजार ८ सय ७ रूपैयाँ बराबरकाे काराेबार भएकाे छ । बैंकले हिजाे मात्र बम्पर लाभांश घाेषणा गरेकाे छ । बैंककाे हिजाे (कार्तिक ४ गते, मंगलबार) बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीकाे १९ प्रतिशत बोनश शेयर र १ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल २० प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

           हेराैं आजकाे शेयर तालिका :

5f8fff628cb55.jpg 5f8fff691d832.jpg 5f8fff7048dea.jpg 5f8fff7b23298.jpg 5f8fff83ec823.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।