Like us!
Follow us!

दशैंमा बैंक अफ काठमाण्डूबाट दक्षिणा पठाउँदा ३ सयसम्मको नगद उपहार

दशैंमा बैंक अफ काठमाण्डूबाट दक्षिणा पठाउँदा ३ सयसम्मको नगद उपहार

लगानी खबर, काठमाडौँ - नेपालीहरूको महान चाड बडा दशैँको उपलक्ष्यमा बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरूलाई डिजिटल दक्षिणा योजनामा नगद उपहार दिने भएको छ ।

बडा दशैँमा साधारणतया आफ्नो मान्यजनहरूबाट आशिर्वाद लिई दक्षिणा स्वरूप पैसा लिनेदिने चलन चल्दै आएको छ । व्यक्तिगत दुरी कायम राख्न सहयोग पुग्ने हेतुले यस बैंक अफ काठमाण्डू लिमिटेडले “तिनमा तिन सय” नगद उपहार योजना ल्याएको हो । साथै, चाडपर्वलाई हर्ष उल्लासको साथ मनाउन बैंकको ग्राहकहरूले तिन पटक भिन्न भिन्न व्यक्तिलाई बैंकको मोबाईल बैंकिङ्ग प्रयोग गरी दक्षिणा प्रदान गर्दा १ हजार वा सो भन्दा बढि भएमा ३ सय रूपैयाँ नगद उपहार लागि ग्राहकहरू योग्य हुनेछन् । जसको कारणले विश्वमा नै फैलिरहेको कारोना भाइरस रोकथामको लागि सहयोग पुग्नुको साथै चाडबाडलाई कारोना भाईरस संक्रमणको बाहक हुन नदिनको ग्राहकहरूलाई दक्षिणा दिँदा बैंकको मोबाईल बैंकिङ्ग प्रयोग गरी नगद उपहारबाट लाभान्वित बैंकले अनुराेध गरेकाे छ । साथै, यस योजनामा सहभागी हुनको लागि ग्राहकहरूले निम्न लिखित शर्तहरूको पालना गर्नुपर्नेछ । 
१. ग्राहकहरूले यस बैंकको मोबाईल बैंकिङ्गको प्रयोग गरी कम्तिमा ३ पटक रकमान्तर गर्नुपर्नेछ । 

२. ग्राहकहरूले रकमान्तर गर्दा दक्षिणा प्राप्त गर्ने ब्यक्ती फरक फरक हुनुपर्नेछ । 

३. उक्त दक्षिणा प्रदान गर्दा ग्राहकहरूले ३ कारोबार गर्दा १ हजार रूपैयाँ वा सो भन्दा बढी हुनुपर्नेछ । 

४. ग्राहकहरूले दक्षिणा दिदा बैंकको मोबाइल बैंकिङ्गमा भएको FonePay मार्फत आफ्नै बैंक तथा अन्य बैंकमा भएको खातामा दक्षिणा स्वरूप रकमान्तर गर्नुपर्नेछ । 

५. ग्राहकहरूले दक्षिणा कारोबारको विवरणमा “DAKSHINA” राख्नु पर्नेछ ।

६. यो योजनामा सहभागी हुन ग्राहकहरूले नेपालीहरूको महान चाड विजया दशमीको दिनबाट रकमान्तर गर्नुपर्नेछ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।