Like us!
Follow us!

नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले डाक्याे साधारण सभा, बैंकलाई लाभांश कति ?

नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले डाक्याे साधारण सभा, बैंकलाई लाभांश कति ?

लगानी खबर, काठमाडौँ - नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

कम्पनीकाे असाेज २५ गते आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार यस कम्पनीकाे एघाराैँ वार्षिक साधारण सभा कार्तिक २६ गते, बुधबार काठमाडौं प्लाजा, कम्पनीकाे सभा कक्ष, नक्साल, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ ।

त्यसैगरी, सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमाेजिम २० प्रतिशतका दरले नगद लाभांश  (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारीत गरिनेछ । क्यापिटलमा नबिल बैंक लिमिटेडकाे शतप्रतिशत लगानी रहेकाे हुनाले याे लाभांश बैंकले पाउने छ ।

यसका साथै, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f8fedae01588.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।