Like us!
Follow us!

ग्लोबल आइएमई बैंकले थप्याे २ नयाँ शाखारहित बैंकिङ्ग सेवा

ग्लोबल आइएमई बैंकले थप्याे २ नयाँ शाखारहित बैंकिङ्ग सेवा

लगानी खबर, काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडले रोल्पाको ताप्लाबजार र सिराहाको कल्याणपुरमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप २ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २२९ पुगेको छ ।

बैंकले रोल्पा जिल्लाको गंगादेव गाँउपालिका वडा नं. ७,ताप्लाबजारमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रूपमा कमला ओली र सिराहा जिल्लाको कल्याणपुर गाँउपालिका वडा नं. ६, कल्याणपुरमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रूपमा किरण कुमारी साहलाई नियुक्त गरेको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, DISH HOME/CDMA/UTL/NTC को महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् । 

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ती स्थानहरूमा शाखारहित बैंकिङ्ग सेवा शुरू गरेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।