Like us!
Follow us!

लाभांश पारितसँगै एनआईबिएल एस क्यापिटलको आठौं वार्षिक साधारण सभा सम्पन्न

लाभांश पारितसँगै एनआईबिएल एस क्यापिटलको आठौं वार्षिक साधारण सभा सम्पन्न

लगानी खबर, काठमाडौं – आज (कार्तिक ५ गते, बुधबार) एनआईबिएल एस क्यापिटल लिमिटेडको सभाहल लाजिम्पाट, काठमाडौंमा कम्पनीकाे आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभाले आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन तथा सोही मितिमा समाप्त भएको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण पारित गरी सञ्चालक समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पूँजीको २२.२२ प्रतिशत नगद लाभांश समेत दिने भएको छ । एकमात्र शेयरधनी नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको प्रतिनिधी बरूण श्रेष्ठले बैंकको तर्फबाट प्रतिनिधित्व गरेका उक्त साधारण सभाको सभापतित्व सञ्चालक समितिका अध्यक्ष सचिन टिवडेवालले गरेका थिए ।

उक्त सभामा सञ्चालक सदस्यहरू दिपक कुमार श्रेष्ठ, बन्दना थापा र रविन्द्र भट्टराईको समेत उपस्थिती रहेको थियो । त्यसैगरी, नियमन निकायका प्रतिनिधीहरू, लेखापरीक्षक तथा यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिव लगायत अन्य पदाधिकारीहरूको समेत समुपस्थितीमा सु–सम्पन्न भएको हाे ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।