Like us!
Follow us!

नेप्सेले किन माग्यो सिटिजन्स बैंकसँग ३ दिने स्पष्टिकरण ?

नेप्सेले किन माग्यो सिटिजन्स बैंकसँग ३ दिने स्पष्टिकरण ?

लगानी खबर, काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडसँग स्पष्टिकरण मागेकाे छ । 

नेप्सेले लाभांश घोषणा गरिएको सूचना कारोबार खुल्नु अगाडी नै दिनुपर्ने व्यवस्था रहेकाेमा कारोबार समयमा दिएको र सूचनामा सञ्चालक समितिको बैठक बसेको समय उल्लेख नगरेको बताउँदै यस विषयमा के भएको हो र बैंकको भनाई के छ भन्ने विषय उल्लेख गरि ३ दिन भित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएकाे हाे ।

बैंककाे कार्तिक ३ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीकाे ७.७० प्रतिशत बोनस शेयर र कर सहित ३.३० प्रतिशत नगद गरी कुल ११ प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव गरिएकाे भनी काराेबार समयमा नै नेप्सेलाई विवरण पठाएकाे थियाे । 

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f8fc88b27b11.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।