Like us!
Follow us!

हालसम्मकै ठूलो नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ छिनोफानो मंसिर ३ गते !!

हालसम्मकै ठूलो नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ छिनोफानो मंसिर ३ गते !!

लगानी खबर, काठमाडौँ - नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले दोस्रो वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  

बैंककाे कार्तिक २ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा मंसिर ३ गते, बुधबार, बैंकको रजिष्टर्ड कार्यालय बानेश्वर, काठमाडौंमा अपरान्ह ४ बजेबाट सुरु हुनेछ ।

सभामा बैंकले निष्कासन गर्न लागेकाे साधारण शेयर (आइपिओ) काे छिनाेफानाे गरिनेछ । बैंकले यसअघिकाे साधारण सभामा पनि आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेकाे थियाे । तर शेयर निष्कासन कार्यले मुर्त रूप नपाइसकेकाे हुनाले फेरि पारित गर्न लागिएकाे बैंकले जनाएकाे छ । बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गर्न लागेकाे हाे । 

सभामा बैंककाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, बैंककाे २०७७ असार मसान्तकाे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f8fc0583805d.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।