Like us!
Follow us!

नबिल ब्यालेन्स फण्ड-२ र नबिल इक्विटी फण्डले धमाधम पठाउँदै लाभांश, तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

नबिल ब्यालेन्स फण्ड-२ र नबिल इक्विटी फण्डले धमाधम पठाउँदै लाभांश, तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

लगानी खबर, काठमाडौँ - नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष नबिल ब्यालेन्स फण्ड २ र नबिल इक्विटी फन्डले आफ्ना इकाईधनीहरुको बैंक खातामा धमाधम नगद लाभांश पठाएका छन् ।

दुवै फण्डले नगद लाभांश वितरण गर्नको लागि भाद्र २५ गते एक दिनका लागि बुक क्लोज गरेका थिए ।  त्यसैले भाद्र २४ गते, बुधबारसम्म नेप्सेमा कारोबार भई कायम रहेका र आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका इकाईधनीहरुको बैंक खातामा लाभांश जम्मा गरिएकाे हाे ।

आर्थिक वर्ष २०७६/०७७ का लागि नबिल ब्यालेन्स फण्ड-२ का इकाईधनीहरूलाई कर सहित ९ प्रतिशतका दरले हुन आउने १० कराेड ८ लाख रूपैयाँ बराबरकाे प्रतिफल र नबिल इक्विटी फन्डका इकाईधनीहरूलाई कर सहित ६ प्रतिशतका दरले हुन आउने ७ कराेड ५० लाख रूपैयाँ बराबरकाे लाभांश वितरण गर्ने घाेषणा गरिएकाे थियाे ।

त्यसैगरी, फण्डले हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुलाई आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन आग्रह गरेकाे छ । यसका साथै, आफ्नो इकाई धिताे राखेका इकाईधनीहरुले प्रतिफल प्राप्त गर्नका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाकाे स्वीकृति पत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।

फण्डकाे योजना व्यवस्थापक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।  

फण्डले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f8f9668c7dbd.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।