Like us!
Follow us!

यी ३ कम्पनीको साधारण सभा बुधबार हुँदै, के-के छन् एजेन्डा ?

यी ३ कम्पनीको साधारण सभा बुधबार हुँदै, के-के छन् एजेन्डा ?

लगानी खबर, काठमाडौं – भाेलि (कार्तिक ५ गते, बुधबार) विभिन्न ३ वटा कम्पनीकाे वार्षिक साधारण सभा हुँदैछ । गोर्खाज फाइनान्स लिमिटेड, नेपाल ल्युब ओइल लिमिटेड र एनआईबिएल एस क्यापिटल लिमिटेडकाे वार्षिक साधारण सभा बुधबार हुन लागेकाे हाे । 

१. गोर्खाज फाइनान्स लिमिटेड 

गोर्खाज फाइनान्स लिमिटेडकाे आश्विन ७ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे २५ औँ वार्षिक साधारण सभा भाेलि (कार्तिक ५ गते, बुधबार) हाेटल क्राउन ईम्पेरियल, साेल्टीमाेड, काठमाडौँमा बिहान ११ बजेबाट सुरू हुनेछ । यसैगरी, फाइनान्सले लाभांश भने वितरण नगर्ने भएको छ ।  फाइनान्सले नेप्सेमा एक सूचना प्रकाशन गर्दै लाभांश प्रस्ताव नगरिएकाे जानकारी दिएकाे हाे । त्यसैगरी, फाइनान्सले साधारण सभा प्रयाेजनका लागि असाेज १८ गतेदेखि कार्तिक ५ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गरेकाे छ । त्यसैले, असाेज १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

२. नेपाल ल्युब ओइल लिमिटेड

नेपाल ल्युब ओइल लिमिटेडको असाेज १३ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे उन्नतिसाैँ वार्षिक साधारण सभा भाेलि (कार्तिक ५ गते, बुधबार) संस्थाकाे कार्यालय, झम्सिखेलबाट जुममार्फत सञ्चालन गरिनेछ । सभामा असाेज १३ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले साधारण सभा प्रयाेजनका निमित्त असाेज २२ गतेबाट कार्तिक ५ गतेसम्म बुक क्लाेज गरेकाे छ । त्यसैले, असाेज २१ गतेसम्म नेप्सेमा काराेबार भई कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

३. एनआईबिएल एस क्यापिटल लिमिटेड

एनआईबिएल एस क्यापिटल लिमिटेडकाे असाेज ४ गते आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे आठाैँ वार्षिक साधारण सभा भाेलि (कार्तिक ५ गते, बुधबार) एनआईबिएल एस क्यापिटल लिमिटेडकाे सभाहल, लाजिम्पाट, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ । सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ । त्यसैगरी,  सभामा कर सहित २२ दशमलव २२ प्रतिशतले हुन आउने ६ करोड रूपैयाँ बराबरकाे नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारीत गरिनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।