लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ३ वटा कम्पनीकाे शेयर काराेबार पुनः सुरु भएकाे छ । स्टकका अनुसार नेपाल हाइड्रो डेभलोपर लिमिटेड, हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेड र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे शेयर काराेबार पुनः सुरु भएकाे हाे ।
यसअघि नेप्सेले उक्त कम्पनीहरूले वार्षिक रुपमा तिर्नुपर्ने नविकरण शुल्क नबुझाएकाे हुनाले शेयर कारोबार रोक्का गरेकाे थियाे । हाल कम्पनीहरूले नविकरण शुल्क बुझाएकाे हुनाले काराेबार फेरि खुल्ला गरिएकाे नेप्सेले जनाएकाे छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।