Like us!
Follow us!

मंगलबार पनि स्थिर सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

मंगलबार पनि स्थिर सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

लगानी खबर, काठमाडौँ - नेपाली बजारमा आज (मंगलबार) पनि सुन र चाँदी दुवैकाे मूल्य यथावत रहेकाे छ ।

साेमबार प्रतिताेला ९४ हजार ७ सय रुपैयाँ कायम रहेकाे सुनकाे मूल्य आज पनि स्थिर रही साेही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुनको मूल्य पनि प्रतितोला ९४ हजार २ सय रुपैयाँ नै कायम भएको छ । 

त्यसैगरी, मंगलबार चाँदीको मूल्यले पनि स्थिर रही प्रतिताेला १ हजार २ सय रूपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएकाे छ ।  

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।