लगानी खबर, काठमाडौँ - नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले आश्विन २० गते, मंगलबारबाट बिक्री खुल्ला गरेकाे लिलामी शेयरमा आवेदन दिने आज (कार्तिक ४ गते, मंगलबार) अन्तिम दिन रहेकाे छ । कम्पनीले संस्थापक समूहकाे १० लाख ७० हजार २ सय ६ कित्ता शेयर बिक्री खुल्ला गरेकाे हाे ।
उक्त शेयरहरू खरिद गर्न इच्छुक संस्थापकहरू वा जाे काेही व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले आजसम्म मात्र आवेदन पेश गर्न सक्नेछन् । उक्त शेयरकाे न्युनतम मूल्य प्रतिशेयर ३ सय ९५ रूपैयाँ ताेकिएकाे छ । लगानीकर्ताले साे वा साे भन्दा धेरै मूल्य अंकित गरि बाेलकबाेल गर्नुपर्नेछ ।
त्यसैगरी, लगानीकर्ताले न्युनतम ५ हजार कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन पेश गर्न सक्नेछन् । कम्पनीकाे बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेकाे छ ।
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।