लगानी खबर, काठमाडौं – समृद्धि फाइनान्स लिमिटेडले असोज १६ गते शुक्रबारबाट आफ्ना लगानीकर्तालाई धमाधम हकप्रद शेयर बिक्री गरिरहेकाे छ । उक्त हकप्रद शेयर भर्न अब ३ दिन मात्र बाँकी रहेकाे छ ।
फाइनान्सले १ बराबर २ को अनुपातमा ३६ करोड ३९ लाख ६० हजार ६ सय रूपैयाँ बराबरकाे ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद शेयर निष्कासन गरेकाे हाे ।
फाइनान्सले हकप्रद शेयर निष्कासन प्रयाेजनकाे लागि भाद्र १२ गते, शुक्रबार एक दिनकाे लागि शेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गरेकाे थियाे । त्यसैले, भाद्र ११ गते बिहीबारसम्म नेप्सेमा कायम शेयरधनीहरूले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन् ।
फाइनान्सले जारी गर्न लागेको हकप्रद शेयरलाई इक्रा नेपालले ग्रेड ५ रेटिङ प्रदान गरेको छ । ग्रेड ५ रेटिङले उक्त कम्पनीको आधारभुत पक्ष कमजोर रहेको देखाउँछ ।
कहिलेसम्म दिने आवेदन ?
उक्त हकप्रदमा लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँको दरले कात्तिक ६ गतेसम्म मात्र आवेदन दिन सक्नेछन् ।
काे हाे निष्कासन तथा बिक्री प्रबन्धक ?
कम्पनीकाे हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम बिओके क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।
कहाँबाट दिने आवेदन ?
लगानीकर्ताले बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट कमलादी काठमाडौं तथा समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय, हेटौँडा, पुतलीसडक र बुटवल शाखा कार्यालय, बैंक अफ काठमान्डूको विराटनगर, पोखरा, नेपालगञ्ज, वीरगञ्ज, नारायणघाट, बिर्तामोड, धनगढी, जनकपुर र सुर्खेत शाखा कार्यालयहरू र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।