Like us!
Follow us!

रिचार्जरमा दशैं बोनान्जा : अफर भित्र अफरमा छुटै छुट

रिचार्जरमा दशैं बोनान्जा : अफर भित्र अफरमा छुटै छुट

लगानी खबर, काठमाडौँ - मोबाइल एप रिचार्जरले बडादशैंलाई लक्षित गर्दै दशैं बोनान्जा, अफर भित्र अफर सुरू गरेको छ । आफ्ना प्रयोगकर्तालाई लक्षित गर्दै रिचार्जरले छुटै छुटको अफर सहित बोनान्जा सुरू गरेको हो ।

दशैंको किनमेल गर्नेहरूलाई सस्तो मूल्यमा सामान उपलब्ध गराउन रिचार्जरले कात्तिक १ गतेदेखि अफर सुरू गरेको हो । अफर अन्तरगत रिचार्जरबाट विद्युतीय सामान अर्डर गर्दा ३० प्रतिशतसम्मको छुट पाउने छन् । त्यसैगरी, विभिन्न किसिमका मोबाइलको खरिदमा आकर्षक छुटसँगै किस्ताबन्दीको व्यवस्था गरिएको छ ।

रिचार्जरबाट १२ बोत्तल वियर अर्डर गर्दा १ बोत्तल वियर निशुल्क उपलब्ध गराउने जनाएको रिचार्जरले लत्ता कपडाका साथै दैनिक उपभोग्य समान पनि भारी छुटमा उपलब्ध गराउने ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले जानकारी दिएका छन् ।

काठमाण्डौं भ्याल्ली कोल्डस्टोरसँगको सहकार्यमा रिचार्जरले सुपथ मूल्यमा फ्रोजन फूड पनि उपलब्ध गराउने छ । कतिपय सामाग्रीको खरिदमा ‘बाइ वान गेट वान फ्रि’ को अफर समेत सञ्चालन हुने बताइएको छ । यो अफरमा १८ महिनासम्मको किस्ताबन्दीमा सामाग्री किन्न सकिने छ । अफरमा अर्डर गरिएका सामग्री उपत्यकामा २४ घण्टा भित्र डेलिभरी हुने रिचार्जरले जनाएको छ ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।