Like us!
Follow us!

दोहोरो अंकले बढ्यो शेयर बजार : अपि पावरको सर्वाधिक कारोबार !

दोहोरो अंकले बढ्यो शेयर बजार : अपि पावरको सर्वाधिक कारोबार !

लगानी खबर, काठमाडौँ -  आज (साेमबार) शेयर बजारले उकालाे यात्रा तय गरेकाे छ । साेमबार शेयर बजार दाहाेराे अंकले बढेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साेमबार शेयर कारोबार मापक नेप्से परिसूचक १३.५८ अंकले बढेर एक हजार ५७०.३८ मा पुगेकाे छ । नेप्से ०.८७ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक २.६२ अंकले बढेर ३१०.८९ मा पुगेको छ ।

कूल १८९ वटा कम्पनीकाे ३२ लाख ६७ हजार ८ सय ६७ कित्ता शेयर खरिदबिक्री हुँदा ९५ करोड ४६ लाख ५६ हजार १ सय ७ रुपैयाँको कारोबार भएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज ११ वटा उपसमूहको शेयर बढेकाे छ भने बाँकी एउटा उपसमूहकाे शेयर मात्र घटेकाे छ ।

त्यसैगरी, साेमबार काराेबार रकमकाे आधारमा अपि पावर कम्पनी लिमिटेडले अग्रता कायम गर्न सफल भएकाे छ । कम्पनीकाे ४ कराेड २ लाख ५३ हजार ८ सय ९१ रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

 हेराैं आजकाे शेयर तालिका :

5f8d5b301cbed.jpg 5f8d5b364ad75.jpg 5f8d5b3d1cccc.jpg 5f8d5b454cb16.jpg 5f8d5b4e7d78f.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।