Like us!
Follow us!

राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्दै, आजै बोलकबोल

राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्दै, आजै बोलकबोल

लगानी खबर, काठमाडौँ - नेपाल राष्ट्र बैंकले ११ अर्ब २० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । जसमध्ये बैंकले ७ अर्ब २० करोड रूपैयाँ बराबरकाे पुरानै ट्रेजरी बिल नविकरण गर्न लागेकाे हाे भने ४ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे ।

बैंकले ३६४ दिनकाे अवधिकाे लागि ४ अर्ब रूपैयाँ बराबरकाे नयाँ ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । बोलकबोल प्रक्रियाका माध्यमबाट जारी गर्न लागिएको उक्त ट्रेजरी बिल २०७८ साल कार्तिक २ गते परिपक्क हुनेछ । 

त्यसैगरी, आज (कार्तिक ३ गते, साेमबार) ३ बजे बोलकबाेल भएर भाेलि (कार्तिक ४ गते, मंगलबार) ट्रेजरी बिल बिक्री हुने बैंकले जनाएको छ ।

 ट्रेजरी बिलकाे बारेमा अन्य विवरण यस प्रकारकाे छ : 

5f8d3f698e502.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।