Like us!
Follow us!

ई फार्मको भर्चुअल खसी मेला : भिडियो कल मार्फत बुकिङ, घरमै डेलिभरी !

ई फार्मको भर्चुअल खसी मेला : भिडियो कल मार्फत बुकिङ, घरमै डेलिभरी !

लगानी खबर, काठमाडौँ - दशैँ तिहारलाई लक्षित गरि इ फार्मले भर्चुअल खसी मेला गरिरहेको छ। उपभोक्ताले इ फार्मको भाइबर, इन्स्ट्राग्राम, फेसबुक लगायत सामाजिक सञ्जालमा भिडियो कल गरेर खसी तथा च्याङग्रा छनोट गरि अर्डर गर्न सक्नेछन्।

उपभोक्ताले बिहान ५ बजेदेखि राती १२ बजेसम्म जुनसुकै समयमा फाेन गरेर खसी तथा च्याङग्रा अर्डर गर्न सक्नेछन् । असोज २५ गतेदेखि सुरु भएको खसी मेला कातिक ९ गतेसम्म हुनेछ।

कोरोना भाइरस संकटका कारण बजारमा गएर खसी किन्न जाँदा जोखिम हुने भएकाले भिडिओ कलमै उपभोक्ताले खसी छान्ने, तौल हेर्न सकिने, खसीको रङसमेत छान्न सकिने फार्मका संस्थापक प्रमेश्वर श्रेष्ठले बताएका छन् । उपभोक्ताको माग अनुसार खसी जिउँदै, काटेर सफा गरेर डेलिभरी गर्ने जनाएको छ ।

ई फार्मको वेबसाइट (www.efarm.live) बाट र ९८०१८५५५०५ मा फोन गरेर पनि अर्डर गर्न सकिन्छ ।

इ फार्मले केहि साताअघि देखि नै अनलाइनबाटै प्रि–बुकिङ सुरु गरेको थियो ।  फार्मबाट खसी किन्ने  एनआइसी एशिया बैकंका प्रयोगकर्ताहरुले ५ प्रतिशत वा एक हजार रुपैयाँ सम्म छुट पाउनेछन् । त्यस्तै, जिउँदो खसी, च्याङग्रा र सिङ्गै खसी लैजान नसक्ने उपभोक्ताले ३ केजी भन्दा बढी अर्डर दिए घरमै डेलिभरी गरिने बताइएको छ ।
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।