Like us!
Follow us!

गुराँस लाइफको शेयर नपाउनेलाई पैसा फिर्ता !

गुराँस लाइफको शेयर नपाउनेलाई पैसा फिर्ता !

लगानी खबर, काठमाडौँ -गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असाेज १३ गते, मंगलबारदेखि असाेज १९ गते, साेमबारसम्म लिलामी मार्फत बिक्री गरेकाे अवितरित हकप्रद शेयर हिजाे (कार्तिक २ गते, आइतबार) बाँडफाँड गरिएकाे छ ।

त्यसैगरी, शेयर बाँडफाँडमा नपरेकाे शेयर बापतकाे रकम भाेलि (मंगलबार) देखि फिर्ता हुने भएको छ । आवेदकले उक्त रकम आवेदन फारममा उल्लेख गरेको बैंक खातामा नै फिर्ता पाउनेछन् । नेपाल क्लियरिङ हाउसमा आवद्ध बैंक तथा वित्तीय संस्थालाई आइपीएस मार्फत बैंक खातामा रकम फिर्ता दिइनेछ ।

कम्पनीले असार १४ गतेदेखि साउन ४ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको ५ लाख ९० हजार १४ कित्ता शेयर असाेज १३ गते, मंगलबारदेखि लिलाम बढाबढ गरी बिक्री गरेको थियाे । जसमध्ये, ३ लाख ३७ हजार ५ सय ६५ कित्ता संस्थापक समूहको शेयर रहेको थियाे भने २ लाख ५२ हजार ४ सय ४९ कित्ता शेयर सर्वसाधारण समूहको रहेको थियाे । जसमा संस्थापक समूहको शेयरमा १६६ रुपैयाँ र सर्वसाधरण समूहको शेयरमा ६०४ रुपैयाँ कट अफ प्राइस तोकिएको थियो । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f8d1611f2eee.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।