Like us!
Follow us!

फर्स्ट माइक्रोफाइनान्सको अधिकांश सूचकमा चमक (विवरणसहित)

फर्स्ट माइक्रोफाइनान्सको अधिकांश सूचकमा चमक (विवरणसहित)

लगानी खबर, काठमाडौँ - फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालुआर्थिक वर्ष २०७७/७८ को पहिलाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा संस्थाले २ करोड ९७ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा २८ लाख ७८ हजार रुपैयाँले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले २ करोड ६८ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

पहिलो त्रैमासमा संस्थाले ५ करोड २७ लाख ५७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा १ करोड २ लाख ७७ हजार रूपैयाँले धेरै हाे । त्यसैगरी, पहिलो त्रैमासमा संस्थाकाे सञ्चालन मुनाफा ४८ लाख १२ हजार रुपैयाँले बढेर ४ करोड ७१ लाख ६८ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी ८७ करोड ६८ लाख रुपैयाँ, जगेडा कोषमा १६ करोड ६० लाख रुपैयाँ, प्रतिशेयर आम्दानी १३ रुपैयाँ ५६ पैसा र प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ९४ पैसा रहेकाे छ । 

संस्था​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

5f8d00c59afb6.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।