Like us!
Follow us!

यी २ कम्पनीको साधारण सभा आज हुँदै, के-के छन् एजेन्डा ?

यी २ कम्पनीको साधारण सभा आज हुँदै, के-के छन् एजेन्डा ?

लगानी खबर, काठमाडौं – विभिन्न २ वटा कम्पनीकाे वार्षिक साधारण सभा आज (कार्तिक ३ गते साेमबार) हुँदैछ । केयर रेटिङस नेपाल लिमिटेड र ग्लोबल आइएमई क्यापिटल लिमिटेडकाे साधारण सभा आज हुन लागेकाे हाे । 

१. केयर रेटिङस नेपाल लिमिटेड

केयर रेटिङस नेपाल लिमिटेडकाे भाद्र ३० गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे चाैथाे वार्षिक साधारण सभा केयर रेटिङस नेपाल लिमिटेड, स्टार मल, दाेश्राे तल्ला, काठमाडौँमा बेलुका ३ बजेबाट सुरु हुनेछ ।

सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ । त्यसैगरी, सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमाेजिम २१ दशमलव ०५२६३ प्रतिशतका दरले नगद लाभांश (कर सहित) स्वीकृत गरिनेछ ।

२. ग्लोबल आइएमई क्यापिटल लिमिटेड 

ग्लोबल आइएमई क्यापिटल लिमिटेडकाे असाेज ९ गते शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे तेर्हाैँ वार्षिक साधारण सभा कम्पनीकाे रजिष्टर्ड कार्यालय जमल, काठमाडौंमा बिहान ९ बजेबाट सुरू हुनेछ ।

त्यसैगरी, सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमाेजिम आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट चुक्ता पूँजीको ६.५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारीत गरिनेछ । यसका साथै, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ ।

त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।