Like us!
Follow us!

सिटी सेन्टरमा रोजलको फिटनेश सेन्टर सञ्चालनमा

सिटी सेन्टरमा रोजलको फिटनेश सेन्टर सञ्चालनमा

लगानी खबर, काठमाडौँ - काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरको पाँचौँ तलामा बज्र ननिताज फिटनेश सेन्टर सञ्चालनमा आएको छ । यो फिटनेश सेन्टर शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो । 

रोजल शाहीले सञ्चालनमा ल्याएको उक्त फिटनेश सेन्टरको शनिबार मोडल तथा अभिनेता प्रशान्त ताम्राकार, अभिनेता सविन श्रेष्ठ, फिल्म निर्देशक सुर्दशन थापा र मोडल मन्चिन शाक्यले संयुक्तले उद्घाटन गरेका हुन् ।

यो फिटनेश सेन्टरले फिटनेशसम्बन्धी सबै सुविधा प्रदान गर्ने सञ्चालक रोजलले बताएका छन् । बज्र ननिताज फिटनेश सेन्टरको शाखा ललितपुरको भैंसेभपाटीमा समेत रहेको छ ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।