लगानी खबर, काठमाडौँ - माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई अन्तरिम लाभांश वितरण गर्ने भएकाे छ । बैंकले २.८५ प्रतिशतले हुन आउने २४ करोड १० लाख ८० हजार ६ सय ६० रुपैयाँ २५ पैसा अन्तरिम लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यसैगरी, नेपाल राष्ट्र बैंकले स्वीकृती दिएपछि बैंकले अन्तरिम लाभांश वितरण गर्नेछ । यसरी वितरण गर्ने लाभांश पछि हुने साधारण सभाले अनुमोदन गर्नेछ ।
त्यस्तै, बैंककाेअसाेज ३० गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले कोरोना संक्रमण बढेको र आउँदा चाडपर्वको कारण शेयरधनीहरूलाई साधारण सभामा भाग लिन कठिनाई हुने परिस्थितिलाई मध्यनजर गर्दै अर्काे सूचना प्रकाशित नभएसम्मका लागि कार्तिक ६ गते, हाेटल पाेखरा ग्राण्ड, पार्दि, पाेखरामा गरिने भनिएकाे २२औंं वार्षिक साधारण सभा स्थगित गरेकाे छ ।
बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
news.laganikhabar@gmail.com मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।